इन्फिनिटी लघुवित्तको बोनस घोषणा |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रुपैयाँ ७६ पैसाको २० प्रतिशतका दरले अुन आउने ८ करोड २९ लाख २ हजार ६५६ रुपैयाँ ९५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकोले आयकर ऐन २०५८ बमोजिम बोनस शेयर वितरण गर्दा लाग्ने कर छुटको सुविधा उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको लघुवित्तले जनाएको छ।
पुस ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।