मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुष ३० गतेका दिन पोखरामा आफ्नो सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. ०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ । आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन,आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु समेत पारित भएकाे छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।