युनाइटेड मोदीको लाभांश प्रस्ताव |
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहअरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजन को लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।