सनराईज क्यापिटल ३० वर्ष पूरा भएको अवसरमा विशेष छुट योजना |

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ ।
यस कम्पनीले ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ ।
छुटमा निःशुल्क डिम्याट खाता ३० दिनका लागि रहेकाे छ । यसैगरी, निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि, लगानी व्यवस्थापन सेवाको एन्ट्रि लाेड शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट पाउन सकिनेछ । ३० लाख र सो माथिको लगानी व्यवस्थापनकालागि एन्ट्रि लाेड ३० दिनका लागि निःशुल्क तथा कस्टाेडियल सर्भिसको प्रशासनिक शुल्कमा ३० दिनकालागि ३० प्रतिशत छुट र पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क कस्टाेडियल सर्भिस र पाेर्टफाेलियाे काउन्सिलिंग लिन सकिनेछ । यस्तै, संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ ।
यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।