पोखरामा विमान दुर्घटना- ६८ जनाको शव भेटियो, ४ जना अझै फेला परेनन् |

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६८ जनाको शव फेला परेको हो।
यस्तै ४ जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको खोजी भइरहेको छ।
घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।