सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स –२०२२’ मा पर्न सफल |
काठमाडौं । नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल, हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२” मध्ये एकको रूपमा सम्मानित भएका छन् ।
यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।
अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक शुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ(-MPIA)नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि नियुक्त छन् ।