रेमिटेन्स २३% ले बढ्यो, ५ महिनामै ४ खर्ब ८० अर्ब रुपैयाँ भित्रियो |
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह २३% ले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा रेमिटेन्स ६.३% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१% ले बढेर ३ अर्ब ७१ करोड डलर पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८% ले घटेको थियो । रेमिटेन्स भित्रिने क्रम ह्वात्तै बढ्दा यसले मुलुकको समग्र अर्थतन्त्रमै सहयोग पुर्याउँदै आएको छ । पछिल्लो समय बिग्रिएको अर्थतन्त्र सुधार्नसमेत रेमिटेन्सले योगदान पुर्याएको देखिन्छ ।