लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न |

काठमाडौं । लक्ष्मी बैँक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार लक्ष्मी बैँक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैँकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र १३२ अर्ब रूपैयाँ कर्जा पुर्याएको यस बैँकको वासलातको आकार १७३ अर्ब रूपैयाँ रहेको छ । सो आ.व.मा बैँकले १ अर्ब ५१ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।