बैंकर्स संघको अध्यक्षमा अब सुनिल केसी नियुक्त |

काठमाडौं । नेपाल वैकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाले वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर्स संघको अध्यक्षमा केसीलाई सर्वसम्मतले चयन गरेको हो ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय अध्यक्ष रहेका थिए । तर, कृषि विकास बैंकमा उनको सीइओको पदाअवधि सकिएकाले उनको स्थानमा केसीलाई अध्यक्ष चयन गरिएको हो ।
संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।