माघ ५ गते सभामुखको निर्वाचन |

काठमडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ ।
प्रतिनिधि सभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् । उनले संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।