महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने
काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकिृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।