खेल प्रबर्द्धनमा खुकुरी रमको निरन्तर सहयोग

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रबर्द्धनका लागि सहकार्यको अभ्यासलाई निरन्तरता दिंदै आएको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रबर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो ।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रबर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन् ।
खुकुरी रमले खेलहरुको प्रबर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य गरेको यो पहिलो पटक भने होइन । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताइन् ।
आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवद्र्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ ।
खुकुरी रमले आगामी दिनमा समेत खेलहरुको खुकुरी रमले मा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाइ छ ।
खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।