लक्ष्मी केयर्सद्वारा “ट्रिब्युट टु लिजेन्ड्स” सांगितिक कार्यक्रम आयोजना
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा "ट्रिब्युट टु लिजेन्ड्स" नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझ आफ्नो एकल प्रस्तुत गरेका थिए ।
विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ ।
सन् २०१९ मा वरिष्ठ गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका "ट्रिब्युट टु लिजेन्ड्स" श्रृंखलाको यो दोस्रो संस्करण हो ।