इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, अब कुन ठाँउमा जान कति ? (सूचीसहित)

20230109092950_Airlines_Airport_1_9_2023_2_40_10

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३ सय ९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५ सय १० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १ सय ४० रुपैयाँमा झरेको छ । 

यस्तै, काठमाडौंबाट भद्रपुरका लागि ६ सय, विराटनगरलाई ४ सय ८५, जनकपुरका लागि २ सय ६०, भरतपुरका लागि २ सय १५ र पोखराका लागि ३ सय २० रुपैयाँ घटेको छ । त्यसैगरी काठमाडौंबाट भैरहवाका लागि ४सय १०, नेपालगन्जको लागि ६सय ५५, तुम्लिङटारका लागि ३ सय ७०, सिमराका लागि १ सय ८०, सुर्खेतका लागि ६ सय ९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ । 

यो भाडादर पुस २७ गतेबाट बाट लागु हुने वायुसेवा सञ्चालक संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार मात्रै हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।