बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् ।
दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्वलन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । यी दुई बैंक १ बराबर १ शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जरसम्बन्धी प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।
यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने छ ।
मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बनन्नेछन् । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुकातर्फबाट दुई जना रहने छन् ।
मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
मर्जर पश्चात चुक्ता पुँजी ३४ अर्ब ४१ करोड तथा कुल निक्षेप ३ खर्ब ८४ अर्ब, रुपैयाँ हुनेछ । यसैगरी बैंकको कर्जा प्रबाह ३ खर्ब ८० अर्ब पुग्नेछ । कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘क’ बर्गको १९ औं बाणिज्य बैंकको रुपमा ग्लोबल बैंकलाई स्थापना गरेका थिए । त्यसयता नेपाल सरकार तथा राष्ट्र बैंकको नीति अनुरुप मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिँदै अघि बढेका अध्यक्ष ढकालले बैंक अफ काठमाडौंसम्म आईपुग्दा २१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई समाहित गराईसकेका छन् ।
राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिएसँगै पहिलो पटक बिग मर्जर गराएर जनता बैंकलाई ग्लोबल आईएमई बैंकमा समाहित गराएका ढकालले पुनः अर्को बाणिज्य बैंक बैंक अफ काठमाडौंलाई पनि ल्याएका हुन् । बैंक अफ काठमाडौंसँग मर्जर हुँदा तत्कालिन लुम्बिनी बैंक पनि समाहित भएर आउने छ । साथै ग्लोबलले कमर्ज एण्ड ट्रष्ट बैंकलाई पनि आफुमा समाहित गराएको थियो ।
बीओकेसँगको मर्जरसँगै ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुँदै ग्लोबल आईएमई बैंक लिमिटेड बनेको छ । साथै मर्जर तथा एक्विजिशनमा ढकालले आफुलाई सफल अर्थात मर्जर किङको रुपमा स्थापित गराएका छन् । पछिल्लो समय कतिपय मर्जर तथा एक्विजिशन समझदारी पत्रमा हस्ताक्षर गरेर पनि भाडिएको अवस्थामा ढकालले भने सुझबुझपूर्ण तरिकाले अध्ययन गरेर अघि बढेका कारण हालसम्म उनले अघि सारेका मर्जर तथा एक्विजिशन सफल हुँदै आएका छन् ।
दुई बैंकहरुको मर्जरसँगै ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । साथै ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने बताएका छन् । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।