नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक |
काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सीजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत, कम्पनीले १०४९ रुपैयाँमा २५० एमबीपीएस् इन्टरनेट र ११५४ रुपैयाँप्रति महिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।
यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सीजी नेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।