ज्योति विकास बैंकको लाभांश घोषणा

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८६ रुपैयाँको ६.८० प्रतिशतका दरले हुन आउने २९ करोड २ लाख ७ हजार २२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ३.८० प्रतिशत करसहित नगद लाभांश रहेको छ।
पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।