नेपाली धागो विश्व बजारमा बिक्री गर्ने बाटो खुल्यो

काठमाडौं । नेपालमा उत्पादित धागो विश्व बजारमा निर्यात गर्न बाटो खुला भएको छ । नेपाली धागो विश्व बजारमा निर्यातका लागि वंगलादेशको वंगलाबन्ध सुक्खा बन्दरगाहबाट नेपाली धागो निर्यातका लागि आवश्यक पर्ने प्रक्रिया पुरा भएपछि नेपाली धागो विश्व बजारमा बिक्रि गर्ने बाटो खुला भएको छ ।
परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखामा गत पुष १९ गते प्राप्त पत्र अनुसार नेपाली धागो विश्व बजारमा निर्यात गर्न उक्त वंन्दरगाहा खुला गरेको जनाएको छ । उक्त धागो निर्यातका लागि बंगलादेशको सर्वोच्च निकाय राष्ट्रिय रावस्व बोर्डले स्टाटुटरी रेगुलेसन अर्डरमा समावेश गरि त्यहाको रापत्रमा समेत प्रकाशन भइसकेको छ । नेपालममा उत्पादन भएको धागो अब विश्व बजारमा वंगलादेशको उक्त बन्दरगाहाबाट विश्व बजारमा निर्वाद रुपमा निर्यात गर्न सकिने भएको छ ।