२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो
काठमाडौँ । पोखरामा सम्पन्न २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यो सँगै संकटाले दोस्रो पटक आहारारा गोल्डकपको उपाधिमा नाम लेखाउन सफल भएको छ ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टिमले पहिलो हाफमा बराबरी २–२ गोल गरेका थिए ।
थपिएको अतिरिक्त समयको २६ औं मिनेटमा सुनिल बलले निर्णायक गोल गर्दै संकटालाई आहा रारा पोखरा गोल्डकपमा दोस्रो पटक उपाधि दिलाए ।
२०७७ मा पहिलो पटक संकटाले उपाधि जित्दै आहा रारा पोखरा गोल्डकपको इतिहासमा नाम लेखाएको थियो ।
उपाधि विजेता संकटाले १२ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
पाँचौ पटक आहारारा पोखरा गोल्डकपमा सहभागिता जनाएको संकटाले दुई विभागीय क्लबलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।
भुटनिज युथ क्बलको प्रतियोगितामा यो दोस्रो पटकको सहभागिता हो । अघिल्लो पटक भुटनिज समूह चरणको खेलमा एपिएफ क्लबसँग पराजित हुँदै अमेरिका फर्किएको थियो । पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ विदेशी, ३ विभागीय सहित १० टिमले खेलका छन् ।