ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सेन्ट्रलद्वारा रोड डिभाइडर हस्तान्तरण |
काठमाडौं । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ ।
सो हस्तान्तरणको क्रममा सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै त्यस कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले रोड डिभाइडर उपलब्ध गराइएको जानकारी गराए ।
सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी साधनहरुलाई व्यवस्थित रुपले ओहोर दोहोर गर्न सहज हुने र जाम÷दुर्घटना आदिको जोखिम कम हुने गरेको छ । रिजालको पोलिट्याङ्कले सेन्ट्रललाई सौजन्य गरेको सो रोड डिभाइडरहरु ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले विराटनगरमा आयोजना गरेको सो हस्तान्तरण कार्यक्रममा एसपी शान्तिराज कोइराला, ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्की सहित सेन्ट्रलकी चाटर्ड अध्यक्ष शान्ता रिजाल, पूर्व अध्यक्ष श्रृजना रिजाल, सचिव जिना थापा, प्रशासकीय अधिकृत सुजु कोइराला र सदस्य डा. मीरा आचार्य लगायतको उपस्थिति रहेको थियो ।