छिमेक लघुवित्तकाे ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सेवा सञ्चालनमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको शुरुवात गरेको हो । साे कार्यक्रम शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका कामु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाले पुस २१ गतेदेखि सञ्चालनमा ल्याएको मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी मार्फत् ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।
उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक–अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्ले स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
यस वित्तीय संस्थाले आगामी ३ बर्षमा करिव ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिईएको जनाएको छ ।
उक्त लघुवित्त वित्तीय संस्थाले आफ्ना करिव ४ लाख २५ हजार ग्राहक सदस्यहरुलाई गुणस्तरिय लघुवित्त कार्यक्रम मार्फत सेवा दिँदै आएको छ । साथै समय सापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाईज गर्दै लगेको जनाएको छ ।
मोवाईलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोवारहरुलाई क्यासलेक गर्न सकिने विश्वास जागेको संस्थाको भनाई छ । यस वित्तीय संस्थाले पनि आफ्नो छुट्टै मोबाईल बैंकिङ्ग एप मार्फत सदस्यहरुलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको जनाएको छ
साथै, यस एप अन्तर्गत कनेक्ट आइपीएर र फोन पे सर्भिस मार्फत नेटवर्क भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिनुका साथै,युटिलिटी पेमेन्टको प्रयोगबाट विना झन्झट विल भुक्तानी गर्न सकिने ब्यवस्था मिलाईएको छ ।
लघुवित्तका सदस्यहरुलाई आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भए पश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने यस एपको अर्को महत्वपुर्ण फिचर रहेको छ ।
२०७७ साल फाल्गुण देखि इसेवा मार्फत सदस्यले आफ्नो बचत तथा किस्ता तिर्ने व्यवस्थाको पनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट उद्दघाटन सम्पन्न गरिएको थियो । उद्दघाटन पश्चात इसेवा मार्फत हालसम्म करिव एक अर्वको कारोबार गर्न सफल भएको हुँदा यस परिणामले थप नयाँ नयाँ प्रविधिको अवलम्बन गर्न हौसला मिलेको कम्पनीले जनाएको छ ।
सो अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र काठमाण्डौ महानगरपालीका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकालले पनि डिजिटल कारोवारको महत्व सहित सफलताको लागि शुभकामना मन्तव्य राखे ।
उक्त कार्यक्रम यस वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीबाट प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथि, पत्रकार एवं उपस्थित सम्पुर्णलाई यस कार्यक्रममा आफ्नो अमुल्य समय दिई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुरÞ्याउनु भएकोमा आभार एवं हार्दिक धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि एवं अतिथिहरुलाई मायाँको चिनो प्रदान गरे ।
उक्त कार्यक्रम कार्यक्रमको संचालन वित्तीय संस्थाका कम्पनी सचिव दिलिप कुमार श्रेष्ठबाट भएको थियो भने सो कार्यक्रममा आईटि विभागका प्रमुख निरञ्जन अर्यालबाट मोबाईल बैंकिड्डको भिडियो डेमो देखाई जानकारी गराएका थिए । ।