८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |

काठमाडौं । आज पुस १९ गते ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।
हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट ६०% बोनस सेयर र कर प्रयोजनसहित १०% नगद गरी कुल ७०% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा बिहान १० बजेबाट सुरु हुनेछ ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १०.५३% नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको नाफाबाट २०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा डाकेको छ । सभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट ६०% नगद लाभांश वितरण गर्दैछ । यसले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २३% बोनस सेयर वितरण गर्दैछ । यस संस्थाले लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे देखि सुरु हुनेछ ।
साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल गोरखा बिसौनी गोरखामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।