आइएमई जनरल इन्सुरेन्सको एजीएम माघ ९ गते |

काठमाडौं । आइएमई जनरल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्तावसहित माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्सको पुस १७ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले सेयरधनीलाई ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३२% नगद गरी जम्मा ६.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसअघि कम्पनीले ६.५०% बोनस सेयर र ०.३४% नगद लाभांश वितरण गर्ने घोषणा गेरपनि साधारण सभामा भने संशोधित प्रस्ताव पेश गर्न लागेको हो । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।