लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने |

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा सो सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ८८.४५१६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अनुसार इन्स्योरेन्सले हाल कायम १ कित्ता बराबर ०.८८४५१ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस २५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।