किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता |

काठमाडौं । शनिबार सम्पन्न किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । १५०० भन्दा बढी टिकट बिक्री भएको एक्सपोमा बालबालिकाका लागि उपयोगी प्रमुख ब्रान्डहरुको सहभागिता थियो ।
४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु प्रदर्शन गरेका थिए भने Kids Playzone र Food Zone ले यस एक्ष्पो लाई अझ आकर्षित बनाएको थियो।
एक्स्पोको टाइटल स्पोन्सरको रुपमा आईएमएस ग्रुप रहेको थियो । ग्रुपका अध्यक्ष डिकेश माल्होत्राले यसखालको एक्सपोले उत्साहित बनाएको भन्दै आगामी वर्षको एक्सपोमा पनि कम्पनीको सहभागिता हुने बताए ।