विश्वकै एक नम्बर भोड्का ब्रान्ड ‘स्मिरनफ’को उत्पादन अब नेपालमै |

काठमाडौं । विश्वप्रसिद्ध 'स्मिरनफ भोड्का' अब नेपालमै उत्पादन हुने भएको छ । विश्वकै नम्बर १ भोड्का 'स्मिरनफ' हालसालै एक कार्यक्रममाझ नेपालको अग्रणी पेय उत्पादक नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको छ ।
कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल र दशपटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण गर्न लागिएको हो । विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु भएको हो । स्मिरनफ नेपालका लागि ब्रान्ड एम्बासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेको कम्पनीले जनाएको छ ।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू एन्टिक्युटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर/रेयर ह्विस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की, ब्लु रिब्यान्ड जिनलगायत नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यसपटक भने संसारकै नम्बर वान भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो ।
विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलि क्रमश: २,२००, १,१०० र ५५० रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।