स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स विरुद्धको रिट खारेज, लाइसेन्स वितरणको मुद्दामा फैसला आउन बाँकी |

काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ । बुधबार पुस १३ गते सर्वोच्च अदालतको पूर्ण इजलाशले उक्त रिट खारेज गरेको हो । अधिवक्ता अमृत खरेलले कात्तिक १६ गते नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिट न्यायधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको पूर्ण इजलाशले उक्त रिट निवेदन खारेज गरेको हो ।
यसैगरी, सर्वोच्चमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्चेन्जको लाइसेन्स खुला गर्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध पनि अर्को मुद्दा विचाराधीन छ । यो मुद्दामा अन्तिम निर्णय आएपछि मात्र ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला हुने वा नहुने भन्ने अन्तिम टुंगो लाग्नेछ ।