अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउने काम गर्छु : अर्थमन्त्री बिष्णु पौडेल |

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र संकटको डिलमा पुगेको बताएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन काम गर्ने बताएका हुन ।
‘अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लागि मेहनत गर्नुपर्ने छ,’ पदभार ग्रहण गर्दै पौडेलले भने, ‘विज्ञ र सरोकारवालाका सुझाव लिएर समस्या पहिचान गरेर समधानको बाटोमा लाग्ने काम गर्छु ।’