सूर्यज्योति लाइफको सिइओमा प्रकाश विक्रम खत्री नियुक्त |

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिको पुस ७ गते सबेको बैठकले खत्रीलाई सिइओ नियुक्त गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेको थियो ।
प्राधिकरणकाे स्वीकृती पश्चात कम्पनीले खत्रीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । खत्रीले आगमी ४ वर्षको लागि कम्पनीको जिम्मेवारी सम्हाल्नेछन् ।
खत्री साविक ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।