रवि लामिछाने बने उपप्रधान तथा गृहमन्त्री |

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामिछानेलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।
सोमबार शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका छन् । प्रतिनिधि सभामा रास्वपाका २० सिट सांसद छन् ।