तीन उपप्रधानमन्त्रीले लिए सपथ |
काठमाडौं। एमाले र माओवादीको नयाँ गठबन्धनका तीन उपप्रधान मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन ।
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीको सपथ लिएका छन ।
साथै माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठले उपप्रधान सहित भौतिक पूर्वाधार मन्त्रीको रुपमा सपथ लिएका छन ।