रानी शाक्यको गीतमा करिश्मा र धिरेन (भिडिओ) |
काठमाडौं । थुप्देन भुटिया र रानी शाक्यको स्वरमा 'भोलि भन्ने नआउला कतै' बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार गायिका शाक्यको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
यस गीतमार्फत अभिनेत्री करिश्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समयपछि एकसाथ स्क्रीन शेयर गरेका छन्। उनीहरू गीतमा जोडीको रुपमा प्रस्तुत भएका छन्।
सुरेन्द्र बसेलले कोरियोग्रफी गरेको भिडिओमा जयराम बर्मा र स्विटी तामाङको पनि अभिनय छ। पुरन गिरीको शब्द रहेको गीतमा दिवश गुरूङले संगीत भरेका छन् भने ड्यानिएल गडालले संगीत संयोजन गरेका छन्।
अर्जुन जिसीले छायांकन गरेको म्युजिक भिडिओलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्।