आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स बाेर्ड पुग्याे |
काठमाडौं । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड पुगेको छ । आईपीओ निष्काशन अनुमति माग्दै कम्पनीले कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले यस अघिनै शेयर निष्काशन बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नियुक्त गरिसकेकाे छ ।