टाटाको सस्तो इलेक्ट्रिक कारको मूल्य बढाउने घोषणा |

टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभीको मूल्य बढाउने घोषणा गरेको छ । नयाँ मूल्य जनवरीदेखि लागू हुनेछ। यी मूल्यहरू ३ देखि ४ प्रतिशतसम्म बढाइने उल्लेख छ। जसका कारण टियागो ईभीका सबै भेरियन्ट ३० देखि ३५ हजार रुपैयाँ भारुसम्म महँगो हुनसक्छ ।
टाटा मोटर्स प्यासेन्जर भेहिकलका प्रबन्ध निर्देशक (एमडी) शैलेश चन्द्रले मिन्टलाई दिएको एक अन्तर्वार्तामा टियागोको मूल्य वृद्धि प्रारम्भिक मूल्यमा मात्र नभएको बताए । गत वर्षको तुलनामा ब्याट्रीको मूल्य ३० देखि ३५ प्रतिशतले महँगो भएको उनले बताए ।
टियागोका सबै भेरियन्ट (पेट्रोल र सीएनजी) को तुलनामा यो ईभीको बुकिङ ३० देखि ३५ प्रतिशत रहेको चन्द्राले बताए । योसँगै कम्पनीका अन्य विद्युतीय सवारीसाधन (नेक्सन ईभी र टिगोर ईभी) लाइनअपमा टियागो ईभीको माग २० देखि २५ प्रतिशत रहेको छ । चन्द्राले टियागो ईभीको डिलिवरी जनवरीको मध्यबाट सुरु गर्ने योजना रहेको र चारदेखि पाँच महिनाभित्र पहिलो ब्याचको डेलिभरी पूरा गर्ने अपेक्षा गरिएको जानकारी दिए ।