एनआइबीएल ग्रोथ फन्डको आजबाट बिक्री खुला |
काठमाडौं । एनआइबीएल एस क्यापटिलले आज बिहीबार पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९% विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १% अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ ।
बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलले जनाएको छ । यसमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १२ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।