वाणिज्य बैंकहरुले ४ महिनामै कमाए २५ अर्ब बढी नाफा |

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा समग्रमा २५ अर्ब ३३ करोड १५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । यसले ४ महिनामै २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, एनआइसी एसिया बैंकले पनि कात्तिक मसान्तसम्ममा खुद नाफा २ अर्ब रुपैयाँ भन्दा बढी पुर्याएको छ ।
यसअवधिमा ९ वटा वाणिज्य बैंकहरुको नाफा अर्ब भन्दा माथि रहेको छ । तेस्रोमा ग्लोबल आइएमई बैंकको १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यता, कात्तिकसम्मको तथ्यांकले कृषि विकास बैंकको खुद नाफा सबैभन्दा थोरै देखाएको छ । कृषिले यसअवधिमा ३१ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।