सानिमा बैंकको १८ औं साधारण सभा सम्पन्न |
काठमाडौं । सानिमा बैंक लिमिटेडले आईतबारका दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित हुनुभएको छ ।
आर्थिक बर्ष २०७८/७९ मा २.०९ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति१९२.५१ अर्ब रुपैयाँ, कुल निक्षेप १५८.८८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको छ ।