मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई र बीओकेले दिए राष्ट्र बैंकमा निवेदन |

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् ।
उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने विषयमा दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गते बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।