फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा |

काठमाडौं । डिफोन्डिङ्ग च्याम्पियन फ्रान्सको टिम लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
फ्रान्सका लागि हर्नान्डिज र कोलो मुआनीले गरेका थिए। हर्नान्डिजले खेलको ५ औँ मिनेटमा नै गोल गरेरे फ्रान्सलाई सुरुवाती चरणमा नै अग्रता दिलाएका थिए भने मुआनीले ७९ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए।
जितसँगै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। फाइनलमा उसको सामना अर्जेन्टिनासँग हुनेछ। सो खेल पुस ३ गते आइतबार हुनेछ। फ्रान्स लगातार दोस्रो र समग्रमा चौथो पटक फाइनलमा प्रवेश गरेको हो। यस अघि फ्रान्सले ३ पटक फाइनल खलिसकेको छ। जसमध्ये दुई पटक उसले उपाधि जितेको छ।
यता, अर्जेन्टिनासँग पराजित भएको क्रोएशिया र आज फ्रान्ससँग पराजित मोरोक्को भने तेस्रो स्थानका लागि एक आपसमा भिड्नेछन्। सो खेल पुस २ गते शनिबार हुनेछ।