ज्योति विकास बैंकद्वारा ३ अस्पताललाई बेबी वार्मर प्रदान |
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत प्रदेश नम्बर १ का तीन अस्ताललाई बेबी वार्मर प्रदान गरेको छ । खोटाङको बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल इलामलाई बेबी वार्मर प्रदान गरिएको हो । उक्त बेमी वार्मर राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको हो ।
अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
बैंकले डा महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा पछिल्लो २ वर्षमा देशका २३ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ भने यस वर्ष थप १० वटा बेबी वार्मर प्रदान गर्दै छ।