सानो ईभी खोज्नेलाई ‘वुलिङ मिनी’, ३०० किलोमिटरसम्म रेन्ज |

काठमाडौं । गत असोजमै सम्पन्न नाडा ईभि अटोसोमा नेपाल ल्याउने तयारी भएको लोकप्रिय वुलिङ मिनि दुई महिना ढिलो गरी नेपाली बजारमा भित्रिएको छ । वुलिङ मिनि ईलेक्ट्रिक गाडीको आधिकारीक वितरक बज्र समुहले यो गाडी ल्याएको हो ।
कम मूल्यको सानो ईभी खोज्नेका लागि टार्गेट गर्दै कम्पनीले नेपालको शहरी क्षेत्रमा उपयुक्त हुने वुलिङ मिनि भित्र्याउने हो । हाल नेपालमा गाडी विक्रेता कम्पनीहरुले अधिकांश ठूला विद्युतीय गाडीलाई नै प्राथमिकता दिदै आएका छन ।
इन्डोनेशियामा उत्पादन भएर नेपाल आउने तयारीमा रहेको यो गाडी कम मुल्यको इलेक्ट्रिक गाडी खोज्नेको लागि उत्कृष्ट छ । नेपालमा विगत ५ महिनादेखि इन्धनबाट चल्ने गाडी आयातमा पूर्ण प्रतिबन्ध रहेको कारण नेपालमा नयाँ नयाँ विद्युतीय गाडीका ब्रान्ड भित्रिरहेका छन ।
जसले गर्दा नेपालमा विद्युतीय गाडी खरिद र बुकिङ गर्ने ह्वातै बढेका छन । यो गाडीको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको कम्पनीले जनाएको छ । हालै भित्रिएको यो गाडी दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध गराउने तयारी छ ।
दुई भेरियन्ट मध्ये १७ किलोवाट आवरको ब्याट्री जडित गाडीले २०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ । त्यसैगरी, यसमा ३० किलोवाट क्षमताको मोटर रहने छ । साथै, लङ माइलेज दिने मोडलमा ५० किलोवाट क्षमतामा मोटर उपलब्ध गराइएको छ ।
२८ किलोवाट आवर व्याट्री अप्सनमा रहेको यो भेरियन्टले एक पटकको फुल चार्जमा स्ट्याण्डर्ड रेन्ज मोडलले २०० किमि र लङ रेन्ज मोडलले ३०० किमि रेन्ज प्रदान गर्छ ।
सानो, डिजाइन राम्रो रहेकाले पनि यो गाडी ग्राहकको रोजाइमा पर्ने बताइएको छ । हाल नेपाल भित्रिएका ठूला रेन्जका विद्युतीय गाडीले ४ सय भन्दा माथि नै माइलेज दिने गरेका छन ।
दुई र चार सिट अप्सनमा नेपाल भित्रिने वुलिङ एआई फिचर, सुरक्षाको लागि एयर व्याग, एबीएस प्रणाली, रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरलगायतका विभिन्न बिशेषता रहेका छन । कम्पनीले स्ट्याण्डर्ड र लङ रेन्जमा विलिङ एयर मिनी ईभी नेपालमा विक्री सुरु गरेको हो ।
बज्र ग्रुपका अनुसार यो गाडीको स्ट्याण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य २९ लाख ९९ हजार मुल्य तोकिएको छ ।