केनले पेनाल्टी मिस गर्दा फ्रान्ससँग इङ्गल्याण्ड पराजित |

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत रंगशाला, अल खोरमा शनिबार भएको विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा २–१ को जित हात पार्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा इंग्लयाण्डले खेलको अन्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए । खेलको १७ औं मिनेटमा औरेलियन चुवामेनीले गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्याए । तर, इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन ।
खेलमा इंग्ल्यान्ड बलियो देखिए पनि मिडफिल्डमा छाइरहेका एन्टोइन ग्रिजमनको लोभलाग्दो क्रसमा ओलिभर जिरोडको हेडर गोलमा फ्रान्स ७८ औं मिनेटमा २–१ ले अगाडि बढेको थियो । तर, ८४ औं मिनेटमै इंग्ल्यान्डले बराबरी गर्ने राम्रो अवसर पायो । डिफेन्डर थियो हर्नान्डेजले सब्स्टिच्युट मेसन माउन्टलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पायो । तर, कप्तान केनले पेनाल्टीमा प्रहार गरेको बल गोलपोस्टमाथिबाट बाहिरिएपछि इंग्ल्यान्डको सन् १९६६ यता पहिलोपल्ट उपाधि जित्ने सपना कतारमा पनि अधुरै रह्यो ।