मोलुङ्ग हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति |

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न मंसिर १५ गते अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
आईपीओ निष्काशन पश्चात कम्पनीकाे चुक्ता पूँजी ८० कराेड २५ लाख रूपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।