विश्वकप २२ थेमसहित बिजबजारकाे मङ्सिर महिनाको “२० मा Biz” |

काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको मङ्सिर महिनाको Campaign FIFA world cup 2022 theme सहित live गरी सकेको छ भने Campaign का केही योजनाहरू मङ्सिर २२ गते सम्म live हुने कम्पनीले बताएको छ ।
यही मङ्सिर २० गतेका दिन बिजबजारले Visionova Recreation Centre बाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।
कम्पनीले THE BIZ QUIZ 1, Cross Bar Challenge, Dizzy Goal Challenge, SPOT THE BALL , Guess the footballer from their childhood picture जस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक Gift Voucher प्राप्त गर्ने छन्। सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign मा निम्न अनुसार छुट समेत प्राप्त गर्ने छन्।
- Home Appliances – Winter Ready Home – 50%
- Mahaboudha – Exclusively Mahaboudha – 75%
- Gadgets (Mobile, Laptop) – Tech मास्टर – 74%
- Sports – World Cup ko Craze – 32%
- Fashion – Keep it Warm – 82%
- The Wedding Season – The बिहे Season – 72%
- Miscellaneous – 74%
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टाेरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।