सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश घोषणा |

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५० प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश रहेको छ।
मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।