बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा |

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले सोमबार पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।
बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ। अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।
पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकल उपलब्ध हुनेछन्। पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ।
बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापितभएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेडबाइकहरु निर्माण गर्दछ जुनबलियो र स्पोर्टी दुवै छ।
यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो। नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन्।
यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन्। यी मोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू २,६४,९०० देखि २५,१५,००० सम्म पर्दछ।