ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश |

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको राउन्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । ब्राजिलका लागि भिनिसियस जुनियर, नेयमार, थियागो सिल्भा र लुकास पाक्वेटाले गोल गरे । यता, दक्षिण कोरियाका लागि भने पाइक सुएङ होले एक गोल फर्काए ।
यस्तै, अल जानुब स्टेडियममा सोमबार राति भएको खेलमा जापानलाई हराउँदै क्रोएसिया पनि फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।