सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । सानिमा बैंकको १०.९८% लाभांश सुरक्षित गर्ने आज (मंसिर १८ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार (मंसिर १९ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।