नेदरल्याण्ड र अर्जेन्टिना क्वाटरफाइनलमा |
काठमाडौं । कतारमा जारी विश्वकप २०२२ को राउण्ड अफ १६ को पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्याण्ड र अर्जेन्टिना विजयी भएका छन्। विजय भएसँगै यी दुई राष्ट्र क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
शनिबार राति ८ः४५ मा भएको खेलमा नेदरल्याण्डले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो। नेदरल्याण्डले अमेरिकालाई ३–१ गोलले पराजित गरेको हो। खेलको १० मिनेटमा नै अग्रता लिएको नेदरल्याण्डले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेको हो। खेलको ७६ औँ मिनेटमा अमेरिकाले एक गोल फर्काएपनि नेदरल्याण्डले ८१ औँ मिनेटमा तेस्रो गोल गरेर ३–१ को जित हासिल गर्यो।
आइतबार बिहान १२ः४५ मा भएको खेलमा भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। सो खेलमा अर्जेन्टिनाका कप्तान मेस्सीले खेलको ३५ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थियो। खेलको ५७ औँ मिनेटमा अल्भारेजले अर्जेन्टिनाका लागि अर्को गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलमा फर्किन प्रयासरत अष्ट्रेलियाका लागि भने फर्नान्डिजले खेलको ७७ औँ मिनेटमा गोल गरे।
क्वाटरफाइनलमा यी दुई विजयी राष्ट्र एक आपसमा भिड्नेछन्।