सानिमा बैंकले तोक्यो बुक क्लोज मिति |
काठमाडौं । सानिमा बैंकको साधारण सभा पुस ३ गते बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि सानिमाले सोमबार मंसिर १९ गते बुक क्लोज हुने भएको छ । तसर्थ, मंसिर आइतबार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।
यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । साधारण सभा आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।